चन्द्रगढी ।

झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा जगतप्रसाद तिवारी बिजयी भएका छन् ।समितिको कार्तिक ११ गते सम्पन्न निर्वाचनमा ४२३ मत प्राप्त गरी उनी बिजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार बद्रीप्रसाद उप्रेतीले २२६ मत प्राप्त गरेका छनु ।अध्यक्षका अर्का प्रतिस्पर्धी  खडग बहादुर ठकुरीले १०३ मत प्राप्त गरेको निर्वाचन समिति सदस्य राजु बरालले बताए ।

उपाध्यक्षमा बिजयी भएका घनश्याम अधिकारीले ३३७ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी चिरन्जिबी भट्टराईले २१० र दिननाथ उप्रेतीले १९० मत प्राप्त गरेका छन् । सचिवमा बिजयी भएका सन्तोस कुमार खडका (राजु) ले ३२४ मत प्राप्त हुदा सचिवका उम्मेदवार खेमकुमार लुइँटेलले २९३ र दुर्गा देवी खनालले १०५ मत प्राप्त गरे ।

त्यसै गरी सहसचिवमा बिजयी बिमला पौडेल दाहालले ४१३ मत हुदा सोही पदका उम्मेदवार बालनन्द न्यौपानेले २२७ र राजेन सिंह राजबंशीले ६५ मत प्राप्त गरे । कोषाध्यक्षमा कल्पना पौडेलले २७१ मतले बिजयी हुदा सो पदका उम्मेदवार खेमकुमारी अधिकारी गौतमले २५३ र हर्कमाया कार्कीले १६३ मत ल्याएकी छन् ।

समितिको सदस्यमा क्षेत्र ३ बाट  १९९ मत ल्याएर टेक बहादुर रोक्का बिजयी भएका छन् । उनका प्रतिस्पर्धी रोसन श्रेष्ठले ८१ मत प्राप्त गरे भने क्षेत्र ५ बाट बिजयी भएका सुरेस घिमिरेले ४० र प्रतिस्पर्धी शारदा दाहालले ३७ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी क्षेत्र ९ बाट बिजयी भएका भीमप्रसाद निरौलाले १३३ र निरा भुजेलले १३५ मत पाउदा सो पदका प्रतिस्पर्धी अग्नी प्रसाद बिमली ९५ , टेक नाथ रेङमी ७८, तुलसा बराल सापकोटाले ३८ र पार्वता राउतले १२० मत ल्याएका छन् । समितिको क्षेत्र २ बाट चक्रप्रसाद खतिवडा र क्षेत्र ३ बाट बुद्दकुमारी राइ निर्बिरोध निर्वाचित भएका छन्।