बुट्टाबारी ।
सक्षम युवा, सभ्य समाज झापा मेचीनगर–१२ सरेडाँगीको आयोजनामा देउसीभैलो समापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज (शनिवार) चारआलीस्थित साना शहरी खानेपानीको सभाहल कार्यक्रम सम्पन्न भएको हो ।
लागूऔषध दुव्र्यसनी विरूद्वको अभियान सञ्चालन गर्ने उदेश्यले कार्यक्रमको थालनी गरिएको सस्थाका अध्यक्ष अमृत खम्बुले जानकारी दिए। कार्यक्रममा स्थानीय कलाकार, खेलाडी र विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले समाजमा लागूऔषध सेवन गर्दा के हुन्छ भन्ने कानुन थाहा नपाएर पनि बालबालीका दुव्र्यसनीमा फस्ने गरेका बताएका छन् ।
उनले युवाहरूलाई खेलकुद, कला क्षेत्रमा र सिपमुलक तालिम दिए कुलतबाट जोगाउन सकिने बताए । नगर प्रमुख गोम्देनले सक्षम समाजले बालबालिका र युवायुवतीलाई कुलतबाट जोगाउन कला, खेलकूद र सीपयुक्त बनाउन सुझाव दिदै सस्थाको प्रगति र उन्नतिको कामना पनि गरेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर–१२ का वडाध्यक्ष मदुसुदन निरौला, कालिका सामुदायिक बनका अध्यक्ष ज्ञानु तामाङ, अर्जुनधारा–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।


















