सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले पालिकाले दिने प्रशासनीक नियमित सेवा दिइरहेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेपनि करिव हप्ताह दिन पछिबाट नियमित सेवा दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानले जानकारी दिए ।  

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा झापाको कनकाई नगरपालिकामा करिव ६ करोड जती क्षति भएको नगरले जनाएको छ ।  पालिकाका केही शाखाहरुलाई मर्ज गरेर पनि सेवा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । ‘आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई आन्तरिक तरिकाले व्यवस्थापन गरेर सञ्चालन गरिएको छ’ न्यौपानेल भने ‘पशु सेवा शाखाको कार्यालयलाई अर्को स्थानमा सारेर पनि काम गरिरहेका छौं ।’ 

नगरपालिकाको प्रशासनीक सेवाहरु दिइरहे पनि भुइतला आगजनी र तोडफोडबाट क्षति भएको र पूर्ण रुपले काम गर्न नसकेपछि त्यसलाई सरसफाई र रंगरोगन गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताए । 

उनका अनुसार २÷३ वटा सवारी साधनमा क्षति पुगेर र कार्यालयको कम्प्युटर, ल्यापटप, इन्भटर, एसी कागजपत्र तोडफोड र आगजनीले ध्वस्त भएका थिए । जसमध्ये केही मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भने केही काम नदिने अवस्थामा छन् । 

‘अन्य पालिकाले जस्तो वडा कार्यालयबाट दिने सेवा नगरपालिकाबाट नभएर वडा कार्यालयबाटै दिइरहेको छौं’ न्यौपाले भने ‘जनजी आन्द्यालेनपछि अविरल बर्षाका कारण आएको वाढी साथै चाडवाडले गर्दा विकास निर्माणका कामले जती गति लिनु पर्ने थियो त्यो गर्न नसकेपनि दैनिक रुपमा नगरबाट दिने सेवा सुबिधा दिइरहेको छौं ।’

जेनजीको आन्दोलनको क्षतिले मारमा परेको स्थानीय सरकारले आन्तरिक खर्च धान्न नसकिरहेको अवस्थामा अझै पनि आगामी दिनमा केही समुहले आन्दोलन गर्ने समाचारहरु बाहिरिरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफ्ना जायज मागका लागि आन्दोलन गर्दा पनि सार्वजनिक सम्पत्तीमा तोडफोड र आगजनी नगरी शान्तिपूर्ण रुपले आन्दोलन गर्न सुझावसमेत दिएका छन् ।