चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ र १० मा अवस्थित ४३०.५९ बर्ग किलोमिटर फैलिएको चन्द्रगढी सामुदायिक वनको आगामी कार्तिक २२ गते निर्वाचन हुने भएको छ ।
निर्वाचनमा राजु वरालको स्वतन्त्र युवा प्यानलले आफ्ना प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ । अध्यक्ष पदका उम्मेद्वार बरालको प्यानलले १६ बुँदे प्रतिबद्धताहरु सार्वजनिक गर्दै उम्मेद्वारी घोषणा गरेको हो ।
दुई हजार तीन ८५ घर धुरी उपभोक्ता रहेको बनलाई ‘हरियाली वन हाम्रो सान, स्वतन्त्र युवाको नयाँ अभियान’ भन्ने मुल नाराका साथ बरालको प्यानलले उम्मेद्वारी दिएको छ ।
अध्यक्ष पदमा राजु बराल, उपाध्यक्ष इश्वरीप्रसाद रिजाल, सचिवमा मिना कोइराला, सह–सचिवमा रमेश उप्रेती, कोषाध्यक्षमा लक्ष्मीकुमारी कोइराला खतिवडा, क्षेत्रिय संयोजक क्षेत्र नं. २ मा गणेश शर्मा नेपाल, क्षेत्र नं. ४ संयोजक महादेव राजवंशी र क्षेत्रिय सह–संयोजक क्षेत्र नं. ४ सरिता राजवंशीले उम्मेद्वारी दिएका छन् ।
यस्ता छन् स्वतन्त्र युवा प्यानलका १६ बुँदे प्रतिबद्धताहरु :
१) सामुदायिक वन सम्पदाको सदुपयोग र संरक्षणका लागि आवस्यक नीतिलाइ प्रभावकारी रुपमा लागु गर्ने ।
२)चन्द्रगढी सिमसार र चन्द्रगढको एकीकृत बिकासका लागि तत्काल कार्य शुरु गरी पर्यटनमा जोड दिने ।
३) वन प्रभावित क्षेत्रमा हात्ती नियन्त्रणका लागि अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाइ लागु गर्ने ।
४) वन समुहको आर्थिक कृयाकलापलाइ पारदर्शी बनाउने ।
५) आर्थिक रुपमा बिपन्न उपभोक्ताको हितका लागि योजना बनाइ लागु गर्ने ।
६) सामुदायिक वन बाट उपभोक्ताले खरिद गर्ने काठ , दाउराको सहज उपलब्धताको लागि आवस्यकताको सिद्धान्त अनुसार बितरण गर्ने ।
७) भद्रपुर ९ को सिमेन्ट फ्याक्ट्ररी देखि९ सामुदायिक वनको उत्तर तर्फ ०नहर टोल सम्मको बाटोको निर्माणको लागि पहल गरी आवस्यक कार्यलाई अगाडी बढाउने ।
८) कृषि , खेलकुद , युवा , महिला , ज्येष्ठ नागरिक कार्यक्रमका लागि आवस्यक कार्यलाई तुरुन्त थालनी गर्ने ।
९) बन्यजन्तु प्रभावित क्षेत्रका उपभोक्ताहरुलाइ
आवस्यक राहतका लागि बिशेश राहत कोस स्थापना गर्ने ।
१०) चन्द्रगढ पस्चिम देउनिया नदी
को पुर्व पटी चन्द्रगढ मोक्षाघाट निर्माणका लागि आवस्यक समन्वय गरी कार्य गर्ने ।
११) मृत्यु सस्कारका लागि उपभोक्ताहरुलाइ निशुल्क दाउरा उपलब्ध गराउने ।
१२) स्थानीय सामाजिक संघ , सस्थाहरुलाइ कार्यसन्चालनका लागि बिशेश प्याकेज कार्यक्रम अन्तर्गत कार्ययोजना बनाइ लागु गर्ने ।
१३) भद्रपुर ९ देवकोटा चोकमा अवस्थित मुना सामुदायिक भवन र देवकोटा पार्क उद्दानलाइ ब्यवस्थापनका लागि आवस्यक बजेट ब्यवस्था गर्ने ।
१४) सुरक्षा प्रबन्धका लागि चन्द्रगढ क्षेत्रमा सुरक्षा पोस्ट राख्नको लागि सम्बन्धित निकाय सङ समन्वय गर्ने ।
१५) स्थानीय श्रोत , साधनको सदुपयोग गरी स्थानीय ठाउँमा रोजगारी सिर्जना गर्नका लागि श्रम र् उत्पादनलाइ जोडने कार्यक्रम सन्चालन गर्ने ।
१६) सामुदायिक वनको कार्यक्षेत्र भित्र महिनामा एक दिन ू युवाको आव्हान जनश्रमदान ू कार्यक्र्म लागु गर्ने ।


















