बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापाशाखाले वितरण गर्दै आएको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारका लागि सिफारिस/आवेदन आव्हान गरेको छ । 

पुरस्कार छनोट समिति– २०८२ ले हेम–सरिता फाउण्डेशन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारबिरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने  पत्रकारिता मार्फत सुशासनका लागि महत्त्वपूर्ण योगदान दिने झापाका पत्रकारलाई हरेक ५० हजार ५५५रुपैयाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ । 

यस वर्षको पुरस्कृत व्यक्तित्व छनोटका लागि सम्बन्धित विषयमा कलम चलाउने पत्रकारहरुको नाम आवश्यक कागजातसहित सिफारिस गर्न वा स्वयम्ले आवेदन दिन महासंघले सूचित गरेको छ । 

सिफारिस तथा आवेदनका लागि छ बुँदे सर्त राखेर महासंघले सूचना जारी गरेको छ । 

सर्तहरु निम्न छन्ः

१) आवेदकले २०८१ कात्तिक १६ गतेदेखि २०८२ कात्तिक १५ गतेसम्म एक वर्षमा प्रकाशित वा प्रशारित भ्रष्टाचारबिरुद्ध तथा सुशासन प्रवद्र्धन गर्ने विषयका आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ ।

२) आवेदकले समाचार सामग्रीका साथ महासंघको परिचयपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।

३) नेपाल पत्रकार महासंघ झापाको सदस्य भई झापामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय हुनुपर्नेछ ।

४) सिफारिस वा आवेदन आगामी मंसीर १० गते साँझ ५ बजेसम्म प्राप्त हुनुपर्नेछ ।

५) प्राप्त सिफारिस÷आवेदन माथि छलफलपछि पुरस्कृत पत्रकार पुरस्कार छनौट समितिले छनोट र निर्णय गर्नेछ ।

६) इच्छुक पत्रकारहरुले आवेदनका साथ आफ्ना प्रकाशित समाचार सामग्री इमेल मार्फत पठाउन वा महासंघको कार्यालयमा (विदा बाहेकका दिनमा) बुझाउन सक्नुहुनेछ ।

pakrakar