हल्दीवारी । 

झापाको हल्दीवारी गाउँपालिका–३ रणकाली स्थित भुसुडी खोलाको  नवनिर्मित पुल उद्घाटन गरिएको छ । पालिकाले आज (बुधवार) एक संक्षिप्त कार्यक्रमका बिच पुलको उद्घाटन गरेको हो । 

पालिकाको ४ करोड ६७ लाख ९४ हजार ८७८ रुपैयाँ ४४ पैसामा सम्झौता भएको तीन वटा पुल मध्ये तल्लो भुसुडी खोलाको पुल आज गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

भुतेनी खोलाको  पुल यसअघि नै उघ्घाटन गरिएको थियो भने भुसुडी दोस्रो खोलाको पुल केही दिनमै उद्घाटन गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए । 

udgatan

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले पुलको लम्बाई २६.८ मिटर र चौडाई ५.५ मिटर रहेको उक्त पुल २०७९ मंसीर ७ गते सम्झौता भएको र निर्माण सम्पन्न २०८१ चैत ३० मा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार गत चैतमै पुल निर्माण सम्पन्न भएपनि केही प्राविधिक काम बाँकी रहेको र त्यो सम्पन्नसँगै पुल आज उद्घाटन गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले कार्यक्रममा सम्बोधन गर्दै सवैको साथ र सहयोग साथै पालिकाको स्रोतसाधनले भ्याएसम्म विकास योजना गर्दै आएको बताए । उनले सवै विकास योजना एकै साथ गर्न नसकिने क्रमश गरिदै गरेको बताए । विकासका लागि सवै पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, बुद्धिजिवीको साथ र सहयोग रहेको बताउँदै क्रमागत रुपमा विकास हुँदै जाने बताएका छन् । 

कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेको थिए । कार्यक्रममा हल्दीवारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी हल्दीवारीका संयोजक खकेन राजवंशी, कार्यपालिका सदस्य, राप्रपाजनप्रतिनिधि, पालिका तथा वडाका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।