हल्दीवारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को कार्यालयले कृषकलाई कृषि यन्त्र तथा उपकरण वितरण गर्ने भएको छ । हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले आज (मंगलबार) एक सूचना जारी गर्दै निवेदन पेश गर्न आग्रह गरेका छन् । 

हिल व्यारो, फलामे हलो, स्प्रेयर ट्याङ्की, झार तान्ने कोल्टी र मकै रोप्ने मेसिन ५०/५० प्रतिशत लागत साझेदारीमा वितरण गर्न लागिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

चालु आर्थिक बर्ष २०८२/०८३ को लागि स्वीकृत वडाको योजना तथा कार्यक्रम अन्तर्गत सि.नं. १३ कृषि यन्त्र तथा उपकरण ५० प्रतिशत लागत साझेदारीमा अनुदान साथै कृषिसँग अन्य कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरिएको छ । 

वडा समितिको आज (मंगलबार) बसेको बैठकको निर्णय अनुसार वडा अन्तर्गतका कृषकहरुसँगको ५०/५० प्रतिशत लागत साझेदारीमा कृषि यन्त्र/औजारहरु खरिद गरी वितरण गरिने भएकाले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १० दिन भित्रमा वडा कार्यालयमा निवेदन पेश सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । जारी सूचनामा भनिएको छ । 

haldibari 4