चारपाने ।
झापा बिर्तामोड–२ चारपानेको सहारा नेपालको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लर्निङ्ग ल्याब ईन्टरनेशनलको आर्थिक सहयोगमा मेचीनगर–४ स्थित बाहुनडाँगीमा तालिम भएको थियो ।
मेचीनगर नगरपालिका वडा नम्बर ४ सँगकोे सहकार्यमा २ दिने नेतृत्व विकास तालिम कार्यक्रम मंसीर ४ गते शुरु गरिएको थियो । मंसीर ४ र ५ गते भएको तालिममा २७ जना युवाहरुको सहभागिता रहेको थियो ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा तालिमको उद्घाटन तथा समापन गरिएको थियो । तालिमको सहजीकरण सहारा नेपाली कार्यक्रम अधिकृत कुसुम उप्रती र बिनोद दाहालले गरेका थिए ।
तालिममा सहभागीहरुलाई प्रभावकारी नेतृत्व सम्बन्धि प्रयोगात्मक अभ्यासको माध्यमबाट सहजीकरण गरिएको थियो । उक्त तालिमको वडाका जनप्रतिनिधिहरु र समाजसेवीहरुले अवलोकन गरेका सहारा नेपालका लेखा अधिकृत राजु गिरीले जानकारी दिए ।


















