झापा ।
प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिलले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार झापाका दुई वटा मात्र दैनिक पत्रिका ‘क’ बर्गमा परेका छन् । झापाबाट ३१ बर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको पूर्वकै लोकप्रिय दैनिक पत्रिका पूर्वाञ्चल दैनिक प्रदेश ‘क’ वर्गमा परेको छ ।
यस्तै इजलास दैनिक स्थानीय ‘क’ बर्गमा परेका छ भने पूर्व संदेश प्रदेश ‘ख’ प्रतिदिन दैनिक प्रदेश ‘ख’ र झापाका अधिकांश साप्ताहिक पत्रिका भने स्थानीय ‘ख’ वर्गमा परेको प्रेस काउन्सिलले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व.२०७९/०८० को पत्रपत्रिका वर्गीकरण÷मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो ।
वर्गीकरणमा परेका ८९४ पत्रपत्रिका कागजात अपुग भइ स्थगन भएका २२ वटा र हुबहु कायम भइ वर्गीकरणमा नपरेका पत्रपत्रिका ४७ वटा बाहेक जम्मा ८२६ वटा मात्र बर्गाीकरणमा परेका छन् ।
’क’ वर्गमा २०४ वटा, ’ख’ वर्गमा ४६२ वटा, ’ग’ वर्गमा १५४ वटा ’घ’ वर्गमा ६ वटा जम्मा ८२६ वटा हुन् । जसमा राष्ट्रिय १४० वटा, प्रदेश १४२ वटा, स्थानीय ५४४ वटा छन् ।
वर्गीकरण प्रकार अनुसार दैनिक– १८२ वटा, अर्धसाप्ताहिक ३ वटा, साप्ताहिक ४७३ वटा, पाक्षिक १२ वटा, मासिक ७८ वटा, द्वैमासिक ४ वटा, त्रैमासिक ६ वटा, साहित्यिक ५६ वटा र भाषाभाषी १२ वटा गरी जम्मा ८२६ वटा रहेको छ ।



















