हल्दीवारी।
झापाको हल्दीबारी गाउँपालिकामा लामो समयदेखि फलाम (आरन) सम्बन्धी व्यवसाय गर्दै आएका विशेषगरी विश्वकर्मा समुदायका ५ वटै वडाका अग्रज व्यक्तित्वहरूसँग आज छलफल गरिएको छ ।
वर्षौदेखि हातहतियार बनाउदै आएका उनीहरूको व्यवसाय के कसरी अघि बढेको छ ? थप सहज बनाउन के गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको थियो। कोशी प्रदेश सरकारका सांसद गोपाल गजमेरको पहल र हल्दीबारी गाउँपालिकाको सहजीकरणमा पहिलो पटक आरन सम्बन्धी कार्यक्रम समेटिएको छ।
परम्परागत रूपमा व्यवसाय गर्दै आएका उनीहरूको माग अनुसार प्रदेश सरकारबाट विनियोजन गरिएको ५ लाख रकम बाट केही सामाग्री लागत साझेदारीमा दिने व्यवस्था मिलाउन गरिएको छलफलमा सहभागीहरूले ग्रेडर मेसिन (धार लगाउने मेसिन आरन मेसिन), बिजुली बाट चल्ने, व्लडिङ मेसिन, लिलगायत माग गरेका थिए ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य सुष्मा महरा लगायत छलफलमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङ्देनले परम्परागत पेशा जोगाउन र आफ्ना सन्तानहरूलाई पनि सिकाउन पर्ने र प्रविधिमैत्री हुन पर्ने मा जोड दिएका थिए।
यसैगरी प्रदेश सांसद गजमेरले आफू त्यही क्षेत्रबाट आएको र हाल सम्म यो पेशा संरक्षणमा कसैले चासो नदेखाएकाले आफु अग्रसर भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए। कार्यक्रम सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।


















