भद्रपुर । 

भुमिसुधार तथा मालपोत कार्यालय झापाको कार्यालय अगाडी धर्ना दिइएको छ । आज (मंगलबार) बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा धर्ना दिइएको हो । 

नक्कली मोहियानी खडा गरि जग्गा धनिलाई थाहा नदिकन नै जग्गा बिक्री गर्ने गरेको आरोप लगाउँदै उक्त कार्यालयमा धर्ना दिइएको छ । नक्कली मोहियानी खडा गरि जग्गा धनिलाई थाहा नदिकन नै जग्गा बिक्री कार्य बन्द गर, भुमि सुधार  भु–माफिया हो, आखिर जनतालाई सास्ति कहिलेसम्म भन्ने  प्ले कार्ड बोकेर धर्ना दिइएको छ । 

धर्ना आज दिनको १ः३० बजे देखि शुरु गरिएको हो भने आजबाट लगातार चलिरहनेबताइएको छ ।