बिर्तामोड।
झापाको बिर्तामोड ५ मा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।
पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा उत्पादन हुने खाडी र अल्लोका कपडासहित आधुनिक प्रकारका विभिन्न प्रकारका कपडा सिलाई गर्दै तयारी पोशाक निर्माण गर्ने उद्देश्यले टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सो टेलरिङ सेन्टरको उद्घाटन गरेका छन् । ठूलोराम सुन्दास कमल र माया सुन्दासले करिव ४० लाख रुपैयाँ लागानी गर्दै सो टेलरिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
ब्रान्डेड कम्पनीका सटिङ , सुटिङ , ढाकाको कोट र खाडीका दौरा सुरुवाल, अल्लोका कोट लगायत उच्च स्तरीय सिलाईका साथै रेडिमेट सुट पनि सुपथ मूल्यमा उपलब्ध रहेको सञ्चाल कमलको भनाई छ ।
टेलरिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा स्वागत झापा टेलरिङ व्यवसायी संघका कार्यवहाक अध्यक्ष महेन्द्र दासले गरेका थिए भने कार्यक्रमको सहजीकरण टेलरिङ व्यवसायी सुवास त्रिखत्रीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले व्यवसाय सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनलाई प्रर्वधनमा जोड दिएका थिए । उनले नेपालमा उत्पादित खाडी र अल्लोले बजार नपाइरहेको अवस्थामा त्यस्ता उत्पादनलाई वजारीकरणमा सहयोग पु¥याउन व्यवसायीलाई समेत आग्रह गरे । जसका कराण स्थानीय उत्पादनको खपत बढे स्थानीय स्तरमा रोजगारीको बातावरण तयार हुने धारणा राखे । कार्यक्रममा वीरजा जेसीजका पूर्व अध्यक्ष घनश्याम चौधरीले समेत शुभकामना मन्तव्य राख्दै व्यवसय सफलताको शुभकामना दिए ।


















