झापा । 

झापा गौरादह नगरपालिका–३ गुराँसचोकमा परालके कन्युमा आगलागी भएको छ । गएराति १०ः३० बजेको समयमा कुन्युको परालमा आगलागी भएको हो । 

गौरादह–३ लालीगुराँस चोकका  काजी पौडेलको घर नजिक राखेको २.५ बिघा धानको परालमा अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । 

प्रहरी, स्थानियाबासी, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलको सहयोगमा राति ११ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

आगलागीबाट पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १० हजार मूल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।