शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिका–१ सादुटारस्थित श्री शङ्काचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिदेश्वरी कामदा गौशालामा ५० औं बार्षिकोत्सवका अवसरमा महायज्ञ हुने भएको छ । 

शङ्काचार्यपीठमा ५० औं बार्षिकोत्सव एवम् श्री ब्रहाण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठान हुने भएको हो । 

आगामी माघ १ गतेदेखि ११ गतेसम्म यस बर्ष पनि श्री ब्रहाण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठान हुने भएको शंकराचार्य पीठ वेदवेदाङ्ग पाठशालाका प्रमुख सेवक रहेका पण्डित लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

पण्डित खतिवडालका अनुसार माघ १ गते शोभयात्रा हुनेछ भने माद्द २ गते नव निर्मित गौशालाको समुद्घाटन, पूर्वाङ्गपूजन, माघ ३ गतेदेखि १० गतेसम्म नियमित कार्य सञ्चालन हुनेछ । अनुष्ठानमा प्रमुख कथा बाचकका रुपमा पं. श्री हरिप्रसाद नेपाल, उपव्यास पं. श्री सोमनाथ खतिवडा रहने बताइएको छ । 

स्वधर्म प्रचार, सामाजिक सद्भाव, दैनिक रु. १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान सफल, एक विद्यार्थी एक अभिभावक लक्ष प्राप्ति,, कामदा गौशाला अक्षयकोष बृद्धि र संस्थाको सर्वाङ्गीण विकास गर्ते उदेश्यले अनुष्ठान आयोजना गरिएको भएकाले सम्पूर्ण भक्तालुजन, दातासहित स्थानीयलाई उपस्थितिका लागि पं. खतिवडाले आग्रह गरेका छन् ।फाइल तस्वीर