झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाँउमा जंगली हात्ती मृत फेला परेको छ । सोही स्थानका लालबहादुर रसाईलीको खेतमा आज (मंगलबार) बिहान एउटा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।
जानकारी प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट प्रहरी सहायक निरिक्षक गेहतनाथ तिम्सिनाको कमाण्डमा टोली गएर घटना स्थल सुरक्षित राखेको छ ।
प्रहरीले घटना स्थल सुरक्षित राखेर डिभिजन वन कार्यालय भद्रपुर झापालाई खवर गरेर वन कार्यालयको टोली पुगेर मुचुल्लका गर्ने तयारी तथा अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फाइल तस्वीर


















