झापा । 

झापाको गौरादश नगरपालिका–५ चान्दुखोलास्थित भित्री सडक खण्डमा गएराति १०ः३० बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बालुबथानबाट फकिटिप गाँउतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भभएर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

मृत्यु हुनेमा  ट्रयाक्टरमा सवार गौरादह–७  का ३५ बर्षीय महमत माजिम रेहको छन् । उनको शरीरको बिभिन्न भागमा चोट दमक अस्पताल दमक ल्याई चेकँजाच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा गौरादह–७  का ४९ बर्षीय सत्य नारायण राजवंशीको बाँया खुट्टामा सामान्य चोट अवस्था सामान्य सोही स्थानका २३ बर्षीय संजित ऋषीदेवको शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य, २३ बर्षीय अभिजुल मिया देब्रे खुट्टामा चोट अवस्था मध्याम र ३४ बर्षीय केलु मियाको छातीमा चोट बोल्न सक्ने अवस्था सामान्य रहेको छ । 

घाईतेहरुलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको र चार जना उपचाररत रहेका छन् भने मृतको लाश सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक गौरादह–७  का ३८ बर्षीय यमप्रसाद राजवंशी तत्काल फरार रहेका र उनको खोजतलाश  कार्यभईरहेको साथै थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।