झापा ।
झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित माई पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति ८ः३० बजेको समयमा
पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको सेतो कारले बिपरित दिशाबाट आउँदै गरेको BAAB 6126 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका–४ का ३५ बर्षीय कमल पराजुलीको टाउकोमा चोट लागेको थियो ।
उनलाई तत्काल उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा ९ः२० बजे डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए । लाश सोहि अस्पतालमा रहेको र ठक्कर दिने सवारी साधन फरार रहेको साथै खोजतलाश कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















