बिर्तामोड ।
झापाको बिर्तामोडका लागि आइसिएयूआरको आधिकारिक बिक्रेता ओपी इन्टरनेशनलले बहुप्रतिष्ठित गाडी सार्वजनिक गरेको छ । आइसिएयूआर भि २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा बिर्तामोडमा सार्वजनिक गरेको हो ।
बिर्तामोड उद्योग बाणिज्य संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, संघका महासचिव कुशल खतिवडा र ओपी इन्टरनेशनलका प्रबन्ध निर्देशक ओम अग्रवालले संयुक्त रुपमा आज (बिहीवार) नयाँ गाडी सार्वजनिक गरेका हुन् । आकर्षक रेट्रो–लुक्स र अत्याधुनिक साइबर–टेक इन्जिनियरिङको समिश्रण रहेको यो भि २३ बिर्तामोडस्थित ओमोडा एण्ड जेको शोरुममा एक भव्य समारोहका बीच लन्च गरिएको हो ।
गाडी सार्वजनिकपछि कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका संघका विशिष्ट सदस्य निर्मल भट्टराई अहिलेको सडकका लागि एकदमै उपयुक्त गाडी भएको बताए । उनले वातावरणमैत्री सवारीप्रति अहिलेका युवाहरुका रुचि बढ्दै गएकाले गाडीले सवैको मन जित्नेमा दुईमत नरहेको बताए ।
‘ब्रोन टु प्ले’ भन्ने वैश्विक दर्शन अन्तर्गत डिजाइन गरिएको आइसिएयूआर भि २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ–रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
सार्वजनिक गरिएको सवारी ४९ लाख ९९ हजार मूल्य रुपैयाँमा उपलब्ध गराइने ओपी इन्टरनेशनलका मेनेजर सोकेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो भी २३ लाई परम्परागत पेट्रोल गाडीहरूको एक दिगो र स्टाइलिस विकल्पको रूपमा प्रस्तुत गरिएको छ ।
यसमा ५९.९३ केडब्लुएचको एलएफपी ब्याट्री र १०० किलोवाटको मोटर रहेको छ, जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । क्लासिक गोलो हेडलाइट र २१० एमएमको ग्राउन्ड क्लियरेन्स सहितको आकर्षक ‘बक्सी’ डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ । यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र अधिकतम सुरक्षाका लागि लेभल–२ एडास फिचर रहेको छ । पछाडिको सिट फोल्ड गर्दा यसमा ७४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त भएका बिशेषताहरु रहेका कम्पनीले जनाएको छ ।
प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको आइसिएयूआर भी २३ को डेलिभरी, प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्सको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्क मार्फत तत्काल सुरु गरिने पनि कम्पनीले जनाएको छ । कार्यक्रममा ओपी इन्टरनेशनलका प्रकाश चौधरी, अजित पोद्धार अनुशा पुडासैनी, समिर चम्लागाईलगायतको उपस्थिति रहेको थियो ।


















