झापा । 

रोजगारीका लागि अस्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै १७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ का ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हो । 

पक्राउ परेकामध्ये लामिछाने अस्ट्रेलिया पठाउने भन्दै नौ लाख तथा तामाङ स्लोभाकिया पठाउने भन्दै आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएको छ।