सुरुङ्गा ।  

 झापाको कनकाई नगरपालिका–२ मा रहेको हेप्पील्याण्ड फनपार्क सेल्फी डाँडामा खेल्ने क्रममा रेलगाडीको डब्बा खस्दा ४ जना सख्त घाईते भएका छन् ।   शनिवार दिउँसो २ः५० बजेको समयमा फनपार्कभित्र अवस्थित रेल गाडी रोलर कोस्टर चलाउने क्रममा रेलगाडीको डिब्बा खसेको थियो ।

 रेलगाडी खेल्ने क्रममा खसेर बुद्धशान्ति गाउँपालिका ४ की ४५ बर्षिय पेमा शेर्पा, सोही स्थानकी प्रज्वल शेर्पाकी, ५ बर्षिय छोरी शुविस्ना शेर्पा र ३१ बर्षिय प्रियंका शेर्पा र बिर्तामोड नगरपालिका–१ की ५६ बर्षिय डम्बरकुमारी दर्जी सख्त घाईते भएका छन् ।

 पार्कमा खेलिरहेको अवस्थामा उनीहरु सवार एउटा डब्बा अचानक खुस्किएर भुईमा झरेको थियो । घाईते सबैको स्थानीय कनकाई नगरअस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएकको जिल्ला प्रहरी कार्यालय  झापाले जनाएको छ ।

घाईतेमध्ये दर्जीको अवस्था गम्भीर रहेको र उनको छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ  ।  कनकाई नगरपालिका २ मा अवस्थित यस फनपार्कमा यसअघि समेत एक कामदारको स्वीमिङ पुलमा करेन्ट लागेर मृत्यु भएको थियो ।