झापा । 

झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विर्तामोड खुदुनाबारी सडक खण्डमा विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

गत माघ २१ गते ठक्करबाट अर्जुनधारा नगरपालिका–३  का ४५ बर्षीय राजन बास्कोटा घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते भएका उनको गएराति ९ः१० बजेको मृत्यु भएको छ ।

 घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको थियो । मृतक बास्कोटाको शव सोही अस्पतालमा रहेको र चालक इलामको माइ नगरपालिका–३  का ३५ बर्षीय अमृता राई  र स्कुटी प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।