झापा ।
झापा बुद्धशान्ति गाउँपालिका–२ ईन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनाका घाइते मृत्यु भएको छ । बुधबारेबाट जयपुर तर्फ जादै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालामा ठोकीएर दुर्घटना भएको थियो ।
गत माघ २४ गते भएको दुर्घटनामा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–६ का अन्दाजी ३५ बर्षीय प्रबिण आङदेम्बे टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार भइरहेकोमा सोमवार अर्थात माघ २६ गते अन्दाजी २ः३० बजे आङदेम्बेको उपचारको क्रममा मृत्यु भएको हो। शव सोहि अस्पतालमा रहेको सोहि मोटरसाइकल पछाडी सवार पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भई हाल बिर्तामोड–१ बस्ने ४८ बर्षीय हरि आगंदम्बे पनि घाइते भइ बीएण्डसी अस्पतालमा उपचाररत रहेका छन् ।
मोटरसाइकल, ट्याक्टर र ट्याकटर चालक मेचीनगर–२ का ४० बर्षीय बीरबहादुर बिश्वकर्मा इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















