झापा ।
गएराति झापा बिर्तामोड नगरपालिका–२ चारपानेस्थित लालमाटीमा करेन्टल लागेर एक जनाको मृत्यु भएको छ । लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा हेल्परका रुपमा काम गर्ने एक जनाको गएराति ११ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–४ का २८ बर्षीय राजिव राजबंशी छन् । उनको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टि हान्दा करेन्ट सट भई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव सोहि अस्पतालको शव गृहमा रहेको र घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















