झापा । 

झापामा एक जंगली हात्ती मृत फेला परेको छ । बिहीवार दिनको ३ः३० बजेको समयमा झापास्थित कचनकवल गाउँपासिलका वडा नम्बर ७ दिप ज्योती सामुदायिक बन भित्र भाले जातको जंगली हाती मृत अवस्थामा फेला परेको हो । 

उक्त सामुदायिक बनका पदाधिकारीहरुले डिभिजन बन कार्यालय चन्द्रगढीमा जानकारी गराएपछि  उक्त कार्यालयबाट खटी आएको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेको छ । 

फेला परेको मृतक जंगली हात्तीको  सदगत  गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। संकेत तस्वीर