झापा ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरूलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।
पक्राउ पर्नेमा महोत्तरी सम्सीपालिका–१ का जटाधर राउत, सोलुखुम्बुको थुलुङ दुधकोशी–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी–१ का रामकुमार राई रहेका छन् ।
उनीहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पाँच जना पीडितबाट विभिन्न समयमा लाखौं रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।


















