झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ कछुबारीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सोही स्थानका ४२ बर्षीय गोबिन्द वस्नेतको घरमा लागूऔषध कारोबार भई रहेको भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोली र लागु औषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले चार जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–९ का ४२ बर्षीय तिलक बुढाथोकी, बिर्तामोड–२ कछुबारीका ४२ बर्षीय गोबिन्द वस्नेत, बिर्तामोड–३  का ५२ बर्षीय टंक गिरी र बिर्तामोड–४ का २८ बर्षीय उदय साह छन् । 

प्रहरीले उनीहरुसहित लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेकको तौल ८ ग्राम ४४० मिलिग्राम, ३ वटा स्क्रिनटच मोवाईल, नगद र  काटेको चेकसमेत फेला पारेको थियो । 

उक्त सामाग्रीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।