झापा।
लागूऔषध ब्राउनसुगरसहित भद्रपुरबाट पाँचजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा भद्रपुर–८ सगरमाथाका २८ बर्षीय कृष्ण राजवंशी, सोही स्थानका १८ बर्षीय निशान मोहमद ,१९ बर्षीय इमरान मोहमद, बिर्तामोड– का २१ बर्षीय निशान चौधरी र भद्रपुर–१० का २४ बर्षीय मोहमद जाहित रहेका छन् ।
शनिवार दिउँसो ३ः४० बजे भद्रपुर–८ सगरमाथा चोकमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थिये ।
सोही स्थानका जगतबहादुर मगरको घर भाडा लिई बस्ने निशान मोहमदसहित ५ जनाले लुकिछिपि लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरुको साथबाट प्लाष्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
कृष्ण राजवंशीको नाममा रहेको मे १० प ३८ ७१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।

















