झापा ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युरोपेली मुलुक पठाउने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका ५६ वर्षीय महेश तामाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङले हंगेरी पठाइदिने भन्दै तीन लाख रुपैयाँ ठगी गरेका बताइएको छ । उनलाई वैदेशिक रोजगार ऐनअन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग समक्ष पठाइएको प्रहरीले जनाएको छ ।


















