झापा।
झापाको कनकाई पुलस्थित पूर्वपश्चिम राजमार्गमा पराल राखेर बमको आतंक गरिएको छ । आज (मंगलबार) बिहान करिब ३ः४५ बजे झापा शिवसताक्षी–१० माईधारस्थित कनकाई पुलमा शंकास्पद बस्तु फेला परेको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधनहरु अवरुद्ध भएका थिए ।
अहिले बिहान सेनाको बम डिस्पोजल टोलीले हेर्दा सो शंकास्पद वस्तु परालको डल्लो भएको पुष्टि भएको छ । केहीबेर अगाडिबाट अवरुद्ध सवारी साधनहरु सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तुलाई कागजले बेरेर ‘नेपाल बन्द होशियार’ लेखिएको थियो । नेकपा (बहुमत) ले आज नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।


















