बिर्तामोड ।
झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माणका लागि जेन्सी सामाग्री सहयोग प्राप्त भएको छ । आज (मंगलबार) आइएमई लाइफ इन्सुरेन्सले डिस्पेन्सर सेट सहयोग गरेको हो ।
आइएमई लाइफ इन्सुरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहाल, एरिया प्रमुख महेन्द्र तिम्सिना र चिफ एजेन्सी मेनेजर नगन्द श्रेष्ठसहितको टोलीले उक्त सामाग्री इप्रका अनारमनीका डिएसपी बिजय श्रेष्ठ, भवन पुनःनिर्माण अगुवा बिपिन बजगाई, रमेश चौधरीलगायतलाई हस्तान्तरण गरेका हुन् ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय आगजनी तोडफोडबाट क्षतिग्रस्त बनेको थियो । स्थानीय अगुवाहरुको पहलमा प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माणसँगै सुरक्षा ब्यवस्था चुस्त दुरुस्त बन्दै गएको छ ।


















