झापा । 

झापाको दमक–३ कोपिला टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी आफै अनियन्त्री भएर दुर्घना हुँदा सिटीमा सवार चार जना घाइते भएका छन् । कोपिला टोलबाट ताराबारीतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७८२१ नम्बरको सिटी सफारी मंगलबार साँझ ७ः४५ बजे दुर्घना भएको थियो । 

दुर्घटनामा सिटीमा सिटी चालक दमक–३  का ५५ बर्षीय शान्तबहादुर पौडेल, सिटीमा सवार सोही स्थानकी ३२ बर्षीया अनिता भण्डारी, ३३ बर्षीया कबिता भण्डारी उनकै छोरा १७ महिनाको अबियान भण्डारीलाई (केही नभएको) र १९ बर्षीया अस्मिता लुईटेलले सामान्य घाइते भएका थिए ।

घाइतेहरुलाई दमक अस्पताल दमकमा उपचारका लागि लगेको र सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।