झापा । 

नक्कली नेपाली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजेको समयमा नेपाली पाँच सयको नोटसहित सुनसरीको इनरुवा नगरपालिका– १० का २५ बर्षीय आजाद मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इनरुवा नगरपालिका–५ स्थित रहेको शब्जी बजारमा शब्जी लिएर ५०० रुपैयाँको नेपाली नोट दिएको र उक्त नेपाली नोटमाथि शंका लागेर सो स्थानमा भएका स्थानियले जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराएका थिए । 

जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पैसा दिने आजाद मियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ईनरुवामा लगेर  शरिर खानतलासी गरेको थियो । 

मियाले लगाएको पाइन्टको गोजीबाट नम्बर दोहोरिएका ५०० दरका ८ वटा  नेपाली रुपैयाँ बरामद भएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।