झापा ।
झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधवार दिनको ३ः१० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिर्तामोड–२ फुलबारी टोलका २१ बर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ताबजारका १९ बर्षीय मौसम तामाङ छन् ।
बसपार्क उनीहरुमाथि शंका लागि चेक जाँच गर्दा चेक जाँच गर्दा मौसम तामाङको मुख भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा ५ ग्राम २२० मिलिग्राम फेला परेको थियो ।
उक्त लागूऔषध फेला परेसँगै दुबै जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ।


















