झापा ।
झापाको कनकाई नगरपालिका–४ स्थित त्रिबेणी चोकबाट जेनजी आन्दोलनका क्रममा भागेका दुई जना थुनुवा पक्राउ परेका छन् । आजराति १२ः१० बजेको समयमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले फारार थुनुवालाई पक्राउ गरेको हो ।
गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट भागेका थुनुवा कनकाई नगरपालिका–४ का २२ बर्षीय सुनिल यादव सोही स्थानका २९ बर्षीय मुस्ताफ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवै जना लागूऔषध मुद्दामा पक्राउ परी अनुसन्धान भईरहेको प्रहरीले वजनाएको छ । यादव बाटोमा हिडिरहेको अवस्थामा र अन्सारीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको बताइएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर बुझाएको बताइएको छ ।















