झापा ।
झापाको मेचीनरग नगरपालिका–१५ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यमिरगढीको चेकपोईन्ट टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं १ ०१–०१२प ५९३३ नम्बरको कालो ल्क् द्दण्ण् मोटरसाईकलमा सवार अर्जुनधारा–४ रातेखालका २९ बर्षीय शिव दनवार र उक्त मोसामा पछाडी बस्ने सोही स्थानका २१ बर्षीय नितेश दनवारलाई शंका लागि चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा कालो प्लास्टिमा पोका पारी मुख भित्र लुकाईछपाई ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ अन्दाजी २ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पदार्थसहितउनीहरुलाई साथमा रहेको समानहरुसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी ज्यामिरगढीलाई बुझाएको प्रहरीले जनाएको छ ।
















