झापा । 

ठगि सम्बन्धी चालु मुद्दामा फरार रहेका झापाको बिर्तामोड नगरपालिका–१ का २३ बर्षीय बिभुतजङ्ग कार्की पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट ठगि सम्बन्धी चालु मुद्दामा फरार रहेका कार्की मंगलबार साँझ ५ बजेको समयमा पक्राउ परेका हुन् । 

 कार्कीलाई मेचीनगर नगरपालिका–६ स्थित समृद्दि प्रतिष्ठान नेपाल सुधार गृहबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको र उक्त कसुर २०८२÷०८÷२२ गते नै इप्रका बिर्तामोडमा दर्ता रहेको थियो।  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।