झापा । 

झापाको काँकरभि«टाबाट लागूऔषधसहित बिर्तामोडका एक युवा पक्राउ परेका छन् । मेचीनगरस्थित मेचीपुलमा भारतको पानीट्याङ्कीबाट भाडाको सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका बिर्तामोड–५ जात्रुबारीका २९ बर्षीय अर्जुन राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् । 

लागु औषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ६ बजेको समयमा राजवंशीमाथि शंका लागेर सोधपछ र चेकजाँच गरेको थियो । 

 राजवंशी शरिर तलासी लिँदा खैरो हिरोईन जस्तो देखिने प्लाष्टिक बाहेक ६ ग्राम लागू औषध फेला परेपछि उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो । उनलाई आवश्यक कारवाहीको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।