झापा । 

झापाको दमकबाट होली पर्व मनाउने क्रममा निर्वाचन मौन अबधिको समयमा निर्वाचन आचारसहिंता विपरित नियम उल्लङघन गर्ने ३० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार अर्थात फागुन १९ गते बिहान १० बजेको समयदेखि प्रहरीले मापसे गरी उच्छृङखल कृयाकलाप गर्ने,  समूहमा भेला भएर होहल्ला गर्ने ३० जनासहित २४ वटा  सवारी साधनहरु नियन्त्रणमा लिएको थियो । 

 दमक नगरपालिकाको बिभिन्न स्थानबाट  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सवारी साधनसहित उनीहरुलाई पक्राउ गरेको हो । ३० जना मध्ये २५ जनालाई छाडिएको र ५ जना अझै नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।