झापा । 

प्रतिनिधिसभा सदस्यको लागि आज (बिहीवार) सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी गर्ने क्रम जारी रहेका छ । मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिएका छन् ।

उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए । जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । झापामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए ।