झापा । 

झापासहित देशभर प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार निर्वाचनको परिणामा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्र स्थान हासिल गरेको छ । 

झापाका ५ वटा निर्वाचन क्षेत्रसहित देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले १०७ स्थानमा यो समाचार तयार पार्दासम्ममा अग्रता कायम गर्दै आएको छ । 

त्यस्तै नेकपा एमालेले १२ स्थान, नेपाली कांग्रेसले १० स्थान, नेपाली कम्युनिष्ट पार्टीले ९ स्थान र राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा अग्रगता कायम गरेको छ । 

यसैगरी गरी समाुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता कायम गरेको छ । जसले ११ हजार ५६२ समानूपातिक मत प्राप्त गर्दै अग्रता कायम राखेको छ । 

समानुपातिक तर्फ नेपाली कांग्रेसले ३६६४, एमालेले ११५२, नेकपाले ३९२ र राप्रपाले १७५२ मत प्राप्त गरेको छ ।