झापा । 

पछिल्लो मत परिणाम अनुसार देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० स्थानमा बिजयी हासिल गरेको छ भने ९७ स्थानमा अग्रता कायम गरेको छ । रास्वपाले झापासहित देशभर प्रतिनिधि सभा सदस्य पदको लागि भएको निर्वाचनको परिणाम अनुसार जन लहर आफ्नो पक्षमा पारेको मत परिणामले स्पष्ट पारेको छ । 

दोस्रो  स्थानमा नेपाली कांग्रेस रहेको छ । जसमा ५ स्थानमा बिजयी हासिल गरिसकेको छ भने ९ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा बिजयी हासिल गर्दै १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले एक स्थानमा बिजयी हासिल गर्दै १२ स्थानमा अग्रता कायम गरेको छ । 

यसैगरी श्रमसंस्कृति पार्टीले ४ स्थानमा अग्रता कायम गर्दै आएको पछिल्लो मत परिणामले देखाएको छ भने अन्यले दुई स्थानमा अग्रता कायम राख्दै आएको छ । 

समानुपातिक तर्फ रास्वपाले २२४४२, नेपाली कांग्रेसले ७५०५, नेकपाले ९५१, एमालेले २९९०, श्रमसंस्कृति पार्टीले ९६० र अन्यले ३१६९ मत प्राप्त गरेको पछिल्लो मत परिणामले देखाएको छ  । गत भदौं २३ र २४ गते भएको जनजी युवाहरुको आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले फागुन २१ गते गरेको प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनले नयाँ पार्टीमा जनलहर देखिएको छ ।