झापा । 

हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ  ।  बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ। देशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । 

आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ  ।  बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ  भने तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ।