झापा ।
एमालेले आफ्नो लाल किल्ला मान्दै आएको झापाको पाँच वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतान्तरका साथ बिजयी हासिल गरेको छ । झापा क्षेत्र नं. २ मा निशा डाँगी, झापा २ मा इन्दिररा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु ढकाल (सुस्केरा) र झापा–५ मा बालेन्द्र शाह (बालेन) ले भारी मतान्तरले बिजयी हासिल गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार झापाका ५ वटा क्षेत्रसँगै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १०० स्थानमा बिजयी प्राप्त गरेको छ भने २५ स्थानमा अग्रता कायम गरेको छ । रास्वपाले झापासहित देशभर प्रतिनिधि सभा सदस्य पदको लागि भएको निर्वाचनको परिणाम अनुसार जन लहर आफ्नो पक्षमा पारेको मत परिणामले स्पष्ट पारेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । जसले १४ स्थानमा बिजयी हासिल गरिसकेको छ भने ३ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीले ६ स्थानमा बिजयी हासिल गर्दै १ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले ७ स्थानमा बिजयी हासिल गर्दै ३ स्थानमा अग्रता कायम गरेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्थानमा बिजयी गरेको छ भने अन्य एक स्थानमा बिजयी तीन स्थानमा अग्रता कायम गरेको पछिल्लो मत परिणामले देखाएको छ ।
समानुपातिक तर्फ रास्वपाले ११ लाख ३४हजार २, नेपाली कांग्रेसले ३ लाख ७४ हजार २६३, नेकपाले १ लाख ३४ हजार ७७४, एमालेले ३ लाख ६ सय ६३, राप्रपा ८१ हजार ६६७, अन्यले४५ हजार ८६६ मत प्राप्त गरेको पछिल्लो मत परिणामले देखाएको छ । गत भदौं २३ र २४ गते भएको जनजी युवाहरुको आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले फागुन २१ गते गरेको प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनले नयाँ पार्टीमा जनलहर देखिएको छ ।

















