काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतवार ४ः१५ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउने सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट बा ३८ प ६९२३ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका इलामको सुर्योदय नगरपालिका–११ का ३२ बर्षीय पासाङ छिरिङ काजीलाई पक्राउ गरिएको हो ।
तलासी लिने क्रममा उनको साथबाट लागुऔषध अर्थात खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम ६८० मिलिग्राम फेला परेको थियो ।
उनलाई लागूऔषधीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापामा ल्याए राखिएको प्रहरीले जनाएको छ ।

















