झापा । 

झापाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको बाह्रदशी गाउँपालिका–६ पचासबिघेबाट बिर्तामोड–८ गरामनीका २१ बर्षीय बसन्त न्यौपाने र बिर्तामोड–६ स्यालडाँगीका २५ बर्षीय राहुल लुईटेल लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिनको ४ बजेको समयमा उनीहरु माथि  शंका लागेर चेक जाँच गर्दाउनीहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको थियो । 

 प्लास्टिक बाहेक ८४० मिलिग्राम लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिएर  इप्रका अनारमनीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ । साथै अर्जुनधारा–८ का २४ बर्षीय सुजन गिरी र अर्जुनधारा–५  का २७ बर्षीय डिल्लु खड्कालाई समेत अनुसन्धानको लागि  नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी मंगलबार दिनको २ः४० बजेको समयमा झापा मेचीनगर–६ पिङ्की ठ्याकबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतको पानीटंकीबाट मेचीखोलाको बाटो हुँदै पैदल नेपाल तर्फ आउँदै गरेका मेचीनगर –१२ कालीझोडाका २४ बर्षीय रञ्जन सुब्बालाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध अर्थात खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६६०  मिलिग्राम फेला परेको थियो । उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापामा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।