बिर्तामोड ।
झापा बिर्तामोड नगरपालिका–५ बाट तीन करोड ठगीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ बर्षीय कृष्ण अग्रवाल छन् । उनलाई पिडीत पक्षले नियन्त्रणमा लिएर शनिवार दिनकने २ बजे प्रहरीलाई बुझाएका हुन् ।
अग्रवालले विदेश पठाईदिन्छु भन्दै अन्दाजी ७० जनाको करिव तीन करोड रुपैयाँ ठगी गरेको भन्दै पीडित पक्षहरु २५÷३० जनाले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याएर बुझाएका बुझिएको छ ।
उक्त विषयमा थप अनुसन्धान तथा छानबिन भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


















