बिर्तामोड । 

बिर्तामोडमा सञ्चालित एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित व्यवसायी सदस्य राहत कोषमा २१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । 

बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई यक्त रकम मार्टका सञ्चालक चान मोहमदले हस्तान्तरण गरेका हुन् । 

संघले स्थापना गरेको राहत कोषमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने कोषलाई एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।सहयोग प्रदान गरेकोमा मार्टका सञ्चालक चान मोहमदलाई संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत स्थापना गरिएको राहत कोषले आम व्यवसायीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी साना तथा मझौला व्यवसायीका लागि यो कोष फलदायी हुने उनको भनाइ छ । 

डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हित र व्यवसाय प्रवद्र्धनका लागि गरिरहेको काम प्रभावकारी रहेको उल्लेख गर्दै राहत कोष सञ्चालन गर्ने परिकल्पनाकार अध्यक्ष न्यौपाने र उनको टिमलाई धन्यवाद दिएका थिए ।

यसैबीच, मार्टको दोस्रो वार्षिकोत्सवको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले मार्ट परिसरमा राखिएको केक काटेर गरेका थिए ।