बिर्तामोड ।
वैदेशिक रोजगार सम्बन्धी कसुरमा झापाका एक ब्यक्तिलाई पक्राउ गरी बैदेशिक रोजगार बिभागमा बुझाइएको छ । झापाको मेचीनगर नगरपालिका–५ का ४७ बर्षीय पुस्पलाल घिमिरेलाई नियन्त्रणमा लिएर बैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौंमा बुझाइएको हो ।
बिभागबाट प्राप्त पत्र अनुसार उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चैत ८ गते पक्राउ गरेको थियो । उनलाई प्रहरी हल्लाहर कुमार कार्कीको साथ बिसु गार्ड भद्रपुरबाट साँझ ६ः५० बजेको समयमा यति एयरको जहाजको उडानद्धारा बैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौंमा बुझाउन पठाइएको हो।
राति ९ः३० बजेको समयमा घिमिरेलाई महानगरिय प्रहरी बृत्त कालिमाटिमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।

















