झापा ।
झापाको कचनकवल गाउँपालिकामा–४ केचनामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बनियानीबाट लोधाबारी जाँदै गरेको बिआर ११ सी ३०७१ नम्बर को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१–०१–००२ ह ६४११ नम्बरको सिटि सोमवार साँझ ६ः३० बजे एकआपसमा ठक्कर खाइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिकाका–४ का अन्दाजी ५० बर्षीय शुक देब गणेश गम्भीर घाइते भएका थिए । घाइते उनलाई भद्रपुरस्थित ओम साइ पाथीभरा अस्पताल भद्रपुरमा उपचारको लागि पठाइएको थियो । उपचारकै क्रममा साँझ ७ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलिले सिटि चालक कचनकवल–४ अन्दाजी १९ बर्षीय सैजन मिया र सिटि, मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















