बिर्तामोड । 

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडको  भवन पुनः निर्माणको हरहिसाव चाँडै सार्वजनिक गरिने भएको छ । झापाको बिर्तामोडमा आज (शुक्रवार) भएको अन्तरक्रियात्मक कार्यक्रममा इप्रका अनरामनी र ट्राफिक प्रहरी कार्यालयको भवन पुनः निर्माणका अगुवा बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरीसहित सरोकारवाला ब्यक्तित्वहरुले हिसाव सार्वजनिक गर्ने बताएका छन् । 

भवन पुनः निर्माणका अगुवा बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरीले अन्तरक्रियात्मक कार्यक्रममा यहिँ चैत मसान्त भित्रमा भवन पुनःनिर्माणको हिसाव सार्वजनिक गर्ने बताएका छन् । बिर्तामोडस्थित बिर्तामोड उद्योग बाणिज्य संघको कार्यालयमा भएको छलफलका क्रममा उनीहरुले अझै पुनः निर्माणको २३ लाख रुपैयाँ तिर्न बाँकि रहेकोले आयव्यव सार्वजनिक गर्न ढिलो भएको जानकारी दिए । 

बिपिन बजगाँईले केही रकम अझै उठ्न बाँकि रहेको र सामानको पनि २३ लाख रुपैयाँ तिर्न बाँकि भएकाले प्रहरी कार्यालयको भवन पुनःनिर्माण हिवास सार्वजनिक गर्न केही ढिलाई भएको बताउँदै त्यसलाई गलत तरिकाले नबु,िभदिन आग्रह गरेका छन् । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आष्जनीबाट इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो । बिर्तामोडका युवा ब्यवसायी, सामाजिक संघ संस्था तथा ब्यक्तित्वहरुले शान्ति सुरक्षाको चुनौती बढेको महसुु गरेर पुनःनिर्माण कार्य शुरु गरेका थिए भने भवन पुनःनिर्माणँसै प्रहरीलाई स्थापीत गरिएको थियो । 

अन्तरक्रियात्मक कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष राजु घिमिरे, बिशष्ठ सदस्य निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व मदनगोपाल सुब्वा, सुवास भट्टराई, सजेश शिवाकोटी, नविन गट्टानीलगायतले पनि पुनःनिर्माणका लागि संकलित रकम र खर्चसहित अहिलेसम्म भएका गतिविधिसहित हिसाव सार्वजनिक गर्न आग्रह गरेका छन् । कार्यक्रममा संघका महासचिव कुशल खतिवडा,  वैदेशिक रोजगार व्यवसायी संघ झापाका उपाध्यक्ष प्रकाश राई, महासचिव निरन खत्री, सचिव पुष्पराज प्रसाईलगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला ब्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।